14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026
७ महिना अगाडि

राप्ती स्वास्थ्य प्रतिष्ठानमा ‘जेन जि आन्दोलन’का घाइतेहरूलाई मनोसामाजिक परामर्श सेवा

‘जेन जि आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूलाई लक्षित गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालले मनोसामाजिक परामर्श सेवा सुरु गरेको छ।

घाइतेहरूको शारीरिक चोटको साथसाथै मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न अस्पताल प्रशासनले विशेषज्ञहरूको एक समन्वय समिति गठन गरी सेवा सञ्चालन गरेको हो।

अस्पताल प्रशासनका अनुसार यो सेवा घाइते भएका व्यक्तिहरूमा आन्दोलनका कारण उत्पन्न हुनसक्ने तनाव, चिन्ता, आघात (ट्रमा) र अन्य मनोसामाजिक समस्याहरूलाई न्यूनीकरण गर्न केन्द्रित रहनेछ।

मनोसामाजिक परामर्श सेवाको लागि प्रतिष्ठानले मानसिक रोग विभाग प्रमुख डा. सरोज उप्रेतीको संयोजकत्वमा समन्वय समिति समेत गठन गरेको छ। समितिमा डा. नितु बस्नेत (मनोचिकित्सक), डा. अमृत राज सुवेदीसदस्य (एमडिजिपी, इमेरजेन्सी विभाग), मिना डिसी (मनोसामाजिक परामर्शदाता) सदस्य रहेका छन्।