सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा पहुँचमा पुर्याउने उद्देश्यले प्राथमिक कान तथा आँखा उपचार शिविर सुरु भएको छ । कार्तिक १६ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने शिविर नगरका १७ वटै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ । कार्यक्रमअनुसार पहिलो शिविर कार्तिक १६ गते भेरीगंगा–६ स्थित जनज्योति माध्यमिक विद्यालय, किर्नीमा सञ्चालन हुनेछ भने अन्तिम शिविर […]
बाँकेका पत्रकारहरुका लागि आज विहान निःशुल्क मुटु चेकजाँच शिविर आयोजना गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा नेपाल प्रेस युनियनका संस्थापनक अध्यक्ष स्वः पन्नालाल गुप्ताको ९७ औं जन्मजयन्तीको अवसरमा विहान साढे ७ बजे भेरी अस्पतालमा निःशुल्क मुटु चेकजाँच शिविर आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना, […]
कात्तिक २० गते । स्वास्थ्य बिमामा आकर्षण बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा बिमाबाट उपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका सबै स्वास्थ्य चौकीमा हरेक वर्ष सेवाग्राही बढिरहेका छन् । धौलागिरि प्रादेशिक अस्पतालमा बिमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा वर्षमा ६९ हजार बिरामीले स्वास्थ्य बिमाको सेवा लिएको […]
कात्तिक २१ गते । भेरी अस्पताल पश्चिम नेपालको धेरै बिरामी आउने अस्पताल हो । यहाँ धेरै जसो निम्न आयस्तर र मध्यम वर्गीय नागरिकहरु आउने गरेका छन् । तर ‘सीटी स्क्यान’सेवाका लागि बिरामी अन्यत्र जानु परिरहेको छ । भेरी अस्पतालमा धेरै जसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सिफारिस भएका बिरामी आउने गर्दछन् । मेसिन सञ्चालनका लागि प्रयास […]
चिकित्सकले निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्ने बताएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिइएको हो । आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा. इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र […]
लुम्बिनी प्रदेश सरकारको आव २०८१ /८२ को प्रदेशस्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्यांकनमा बर्दिया अस्पतालले प्रदेशका जिल्लास्तरीय अस्पतालहरूबीच उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो । यस वर्षको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सरुवा गरेका केही निर्देशकहरुसम्बन्धी निर्णयमा बिचौलियाहरूले असहमति जनाएका छन् । तीमध्ये एक निर्णय नारायणी उप–क्षेत्रीय अस्पतालको निर्देशक परिवर्तनसँग सम्बन्धित छ । तत्कालीन निर्देशक डा. चुमनलाल दासलाई मन्त्रालयमा तानिएको छ । उनी मन्त्रालय सरुवा भएपछि त्यहाँ कार्यरत वरिष्ठ सर्जन डा. चितरञ्जन साहलाई निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) को जिम्मेवारी दिइएको हो । […]
काठमाडौं – तिलगंगा आँखा प्रतिष्ठानले अन्तर्राष्ट्रिय रूपमा मनाइने विश्व मधुमेह दिवस र समयअघि नै जन्मिएका नवजात शिशुसम्बन्धी दिवसको अवसरमा यस वर्ष सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरूआयोजना गर्ने भएको छ। आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम गर्न सकिने, अन्धोपनाबाट धेरैभन्दा धेरै जनसङ्ख्यामा जनचेतना फैलाउने उद्देश्यले प्रतिष्ठानले उक्त दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ। मधुमेह र समयअघि नै जन्मिएका नवजात […]
काठमाण्डौं- नेपाल नर्सिङ संघले नर्सिङ जनशक्तिका पारीश्रमिक, भत्ता र वृत्ति विकाससम्बन्धी मागहरू कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ। संघकी महासचिव डा. देवकी कुमारी आचार्यद्वारा मन्त्रीलाई बुझाइएको पत्रमार्फत हालैको सहमतिमा उल्लेख भएको “ग्रस स्यालरी” भन्ने शब्दप्रति अन्योलता रहेको भन्दै त्यसलाई “बेसिक स्यालरी” का रूपमा कायम गर्न माग गरिएको छ। प्रधानमन्त्रीको निर्देशनमा गठन भएको अध्ययन […]