14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026
८ महिना अगाडि

वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहाल १ लाख २० हजार घुससहित पक्राउ

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रु. १,२०,८५० (एक लाख बीस हजार आठ सय पचास रुपैयाँ) घुससहित नियन्त्रणमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार, दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरुलाई भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा रिसवत रकम असुल गरेको भन्ने उजुरीका आधारमा आयोगले निगरानी गरेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दाहालसँग एक थान मोबाइल डिभाइस र अन्य सम्बन्धित कागजातहरू समेत बरामद गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार दाहालविरुद्ध आवश्यक थप अनुसन्धान अघि बढाइएको छ।