काठमाडौं- गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपद्का घटना भएका छन्। यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन्। यस्तै, २४ जना बेपत्ता भएका छन्। प्राधिकरणका अनुसार छ महिनाको अवधिमा […]
काठमाडौं। जेन-जी पुस्ताको आन्दोलनमाथि बर्बरतापूर्वक दमन गर्ने काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारी जिम्मेवारीबाट हटाइएका छन्। अधिकारीलाई हटाएर जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई ल्याइएको छ। भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको जेन-जी आन्दोलनमाथि बर्बरतापूर्वक दमन गर्न भूमिका खेलेका एसएसपी अधिकारीलाई हटाइए पनि सिडिओ छविलाल रिजाल जिम्मेवारीमै रहेका छन्। काठमाडौंका […]
स्वास्थ्यसमाचार/ रुकुमका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम बुटवलमा सुरु भएको छ। स्वास्थ्य तालिम केन्द्र बुटबलकोे आयोजनामा र नेपाल जागरण मञ्च रुकुमको सहकार्यमा सञ्चालन भएको यो तालिम मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको हो। स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुबन कुबँरको अध्यक्षता तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब […]
रुकुमका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम बुटवलमा सुरु भएको छ। स्वास्थ्य तालिम केन्द्र बुटबलकोे आयोजनामा र नेपाल जागरण मञ्च रुकुमको सहकार्यमा सञ्चालन भएको यो तालिम मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको हो। स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुबन कुबँरको अध्यक्षता तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब शार्कीको […]
चैतसम्मको २५ प्रतिशत पेश्की पनि पठाइयो काठमाडौं—स्वास्थ्य बीमाले अघिल्लो आर्थिक वर्षको बक्यौताअन्तर्गतको ४ अर्ब ३५ करोड रुपैयाँ अस्पतालहरुलाई निकासा गरेको छ । गत हप्ता बसेको बोर्ड बैठकले गत आर्थिक वर्षको असोजसम्मको सम्पूर्ण बक्यौता चुक्ता गर्ने निर्णयअनुसार २९६ वटा स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो । यसअघि स्वास्थ्य बीमा बोर्डले कात्तिकदेखि चैतसम्मको […]
प्रतीकात्मक तस्बिर । भैरहवा (रूपन्देही) । खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ । बिहीबार सिद्धार्थनगर नगरपालिका–९, गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुबेका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार, सोही दिन अबेर […]
काठमाडौँ । पूँजी बजारमा देखिएका अवरोध तथा लगानीकर्ताको मनोबल घट्दो अवस्थालाई सम्बोधन गर्न सरकारको पहलमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यदल गठनबारे सार्वजनिक जानकारी दिएको हो। सरकारले गठित कार्यदलले तत्कालका सुधारात्मक कदम तथा दीर्घकालीन संरचनात्मक परिवर्तनका लागि ठोस कार्ययोजना र सुझाव पेश गर्नेछ। […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पतालमा पुगेकी छन्। भदौ २३ र २४ गते काठमाडौँसहित देशभर जेनजीको आन्दोलन भएको थियो। आन्दोलनमा परेर अहिलेसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन् भने २ हजार ३ सय बढी घाइते छन्। उनीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ, ३ असोज । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक एवं मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले बंगलादेशमा एक्सिलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एण्ड आउटरिच अवार्ड प्राप्त गरेका छन् । क्यान्सर उपचार तथा रोगथाममा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उत्कृष्ठ कार्य गर्ने चिकित्सकलाई मेडिकल अंकोलोली सोसाइटी इन बंगलादेश (एमओएसबी)ले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक डा […]