काठमाडौँ, असोज २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी […]
स्टकहोम । नेपाली मूलका गैरआवासीय नेपाली सीपी खेतानले स्वीडेनको एक औषधि निर्माण कम्पनीमा झण्डै ३१ करोड रुपैयाँ लगानी गरेका छन् । सिंगापुरलाई आधार बनाएर विश्व बजारमा लगानी विस्तार गरिरहेका खेतानले स्वीडेनको एसिलियन एबी नामक कम्पनीमा २ करोड १० लाख स्वीडिस क्रोनर (२२ लाख अमेरिकी डलर) लगानी गरेको सो कम्पनीले बताएको छ । खेतानको सिंगापुरमा रहेको लगानी कम्पनी– […]
२० असोज, काठमाडौं । सन् २०२४ को चिकित्सातर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिएको छ। शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। उनीहरूमध्ये मरी ई. ब्रन्को र फ्रेड राम्सडेल अमेरिकाका हुन् भने शिमोन साकागुची जापानका हुन् । उनीहरूलाई शरीरको रक्षा प्रणाली (इम्युन सिस्टम) लाई अझ राम्ररी बुझ्न सहयोग पुर्याउने […]
स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । २० असोज, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ ।सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र […]
कार्बोहाइड्रेट पोषक तत्वको एक प्रमुख प्रकार हो, जसले शरीरलाई ऊर्जाको मुख्य स्रोत प्रदान गर्छ । यो खाद्य पदार्थहरूमा पाइने जैविक यौगिक हो, जसमा कार्बन, हाइड्रोजन र अक्सिजनका अणुहरू हुन्छन् । कार्बोहाइड्रेटको प्रकार, स्रोत, कार्य, लाभ, हानि र सन्तुलित प्रयोगबारे जानकारी स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कार्बोहाइड्रेटको परिभाषा कार्बोहाइड्रेट एक म्याक्रो–न्यूट्रिएन्ट हो, जसले शरीरलाई ऊर्जा प्रदान […]
१९ असोज, काभ्रेपलाञ्चोक। काभ्रेको रोशी गाउँपालिका वडा-५ सिसाखानीको सेलगाउँको २१ वर्षीया अस्मिता लामा बाटोमै सुत्केरी भएकी छिन्। लामो समयदेखि व्यथा लागेको र अस्पताल लिएर आउन सडक अवरुद्ध भएपछि हेलिकप्टरमार्फत उद्धार गर्न खोजे पनि त्यस स्थानमा हेलिकप्टर बस्न नसकेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।अस्मिताले छोरीलाई जन्म दिएकी छन्। ‘बच्चाको तौल कम भएकोले समस्या […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकीले आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन […]
काठमाडौं – मानिस जीवनमा सफल हुन चाहन्छ । सफलता मापन गर्ने यन्त्र नबनेको भएपनि मानिस आफूले गरिरहेको कामलाई सफलतापूर्वक सम्पन्न गर्नु, आफूले काम गरिरहेको कार्यालयमा बढुवा हुनु, परिवारका सदस्यलाई खुशी राख्नु, साथभाईसँग आफू अब्बल भएको देखाउनु र खर्च गर्नसक्ने आर्थिक हैसियत हुनुलाई सफता मान्न सकिन्छ । यही सफलता प्राप्त गर्नका लागि मानिसले केही कुराहरु गोप्य […]
काठमाडौं । जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीका लागि अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रलाई अघि सारेकाे खुल्न आएको छ। उच्च स्रोतका अनुसार जेन्जी आन्दोलनका नेतृत्वकर्ताहरूले डा. मिश्रलाई पटक–पटक स्वास्थ्यमन्त्री बन्न आग्रह गरेका थिए। तर मिश्रले भने आफू अन्तरिम सरकारले प्रस्ताव गरेको मन्त्री पद स्वीकार्न इच्छुक नरहेको प्रतिक्रिया दिएकी छन्। डा. […]