काठमाडौं – नेपाल सरकारले ताेकेअनुसार पारिश्रमिकका लागि संघर्षरत नर्सहरुको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आज बसेको पहिलो बैठकले यो निर्णय गरेको हो।नेपाल नर्सिंङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका […]
काठमाडौं- नेपाल नर्सिङ संघले आह्वान गरेअनुरुप नर्सहरूले आजदेखि कालोपट्टी बाँधेर काम गर्न थालेका छन्। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मागपत्र पेश गर्दै तोकिएको समयभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। नेपाल नर्सिङ संघका अनुसार, मन्त्रालयले असोज २ गते माग सम्बोधनका लागि कार्यदल गठन गरे पनि अहिलेसम्म ठोस कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बनेको […]
बदलिँदो मौसम, प्रदूषण, विभिन्न रोग र अस्वस्थ जीवनशैली, यी सबै कारणले साना बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्दै गएको छ। तीमध्ये सबैभन्दा सामान्य समस्या हो, रुघाखोकी। मौसम परिवर्तनको समयमा साना बालबालिकालाई खोकी लाग्नु स्वाभाविक जस्तै भएको छ। साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले मौसमको असर उनीहरूमा छिट्टै देखिन्छ। पहिलेको समयमा बालबालिकालाई खोकी लाग्दा अभिभावकहरूले तुरुन्तै कफ […]
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवनका हुन् भने ६५ जना जिल्लाबाहिरका रहेका छन् । सङ्क्रमितमध्ये २५ जना भरतपुर महानगरपालिकाका हुन्। चितवनका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका […]
४ कात्तिक, काठमाडौं। बारा र पर्सामा ८ लाखले हैजाविरुद्ध खोप लगाएका छन्। हैजा संक्रमण तीव्र भएपछि सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो। १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले जनाएको छ। ६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज […]
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार विदेशबाट शव नेपाल आउँदा पोस्टमार्टम गर्ने वा नगर्ने निर्णय परिवार र राज्यको सहमतिमा निर्भर हुन्छ । ४ कात्तिक, काठमाडौं । जीवित छन् भन्दाभन्दै विपिन जोशीले संसार छोडेको २ वर्ष भइसकेको रहेछ । यस अवधिसम्म उनको शवलाई कसरी राखियो ? थाहा छैन । सोमबार मात्रै उनको […]
बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासोपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक आज फार्मेसीमा पुगे । बिहीबार अस्पताल फार्मेसीमा पुगेका स्वास्थ्य बिमामा आबद्ध अधिकांश बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, उच्च रक्तचाप, सुगर र मुटुलगायतका बिरामीले औषधि नपाएको गुनासो समाचारसमेत सार्वजनिक भएको थियो । उनी आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिइ अनुगमनमा आएका हुन् […]
पाल्पा, २ कात्तिक । आर्थिक वर्ष २०८१ /०८२ मा पाल्पा जिल्लाका स्थानीय तहहरू र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रमुख सूचकहरूका आधारमा स्वास्थ्य कार्यालय पाल्पाले गरेको मूल्याङ्कनमा पूर्वखोला गाउँपालिकाले प्रथम स्थान प्राप्त गर्न सफल भएको भएको छ । पूर्वखोलाले ६६.०५ अंक ल्याएर जिल्ला प्रथम भएको हो । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा गत बिहीबार र […]
काठमाडौँ, २ कात्तिक । नर्सका मागका विषयमा निर्णय लिन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको बैठकबाट निजी मेकिडल तथा डेन्टल कलेजका प्रतिनिधि र निजी अस्पताल सञ्चालकहरुका प्रतिनिधिहरु बाहिरिएका छन् । उनीहरुले आफूहरुलाई अवहेलना तथा असुरक्षा महसुस भएपछि बैठक छाडेको बताएका छन् । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक चलिरहेका बेला बाहिरबाट […]