कात्तिक १२ गते । जनसमुदायको सक्रियतामा सञ्चालित पश्चिम नवलपरासीको एक मात्र सेवामुखी संस्था, सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्ताले उपचार सेवाको स्तरमा फड्को मारेको छ । नाफामुखी उद्देश्यबाट पूर्ण रूपमा अलग रही स्थापित यस अस्पतालले विशेषज्ञ शल्यक्रिया सेवा (जनरल तथा ल्याप्रोस्कोपी सर्जरी) सञ्चालनमा ल्याएको हो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४, चौपत्तामा अवस्थित सहिद स्मृति […]
कात्तिक १२ गते । हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै विगत दुई दशकमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सल्लाहकार एवम् अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार स्थापना भएको २० वर्षमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार […]
काठमाडौँ, कात्तिक १२ गते । नेपाल नर्सिङ सङ्घले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । दोस्रो चरणको आन्दोलनमा कात्तिक १२ गते देखि १८ सम्म दुई घण्टा (बिहान १० देखि १२ बजेसम्म) अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम तय भएको सङ्घकी अध्यक्ष प्रा.चन्द्रकला शर्माले जानकारी दिनुभयो । सङ्घको अगुवाइमा देशैभरका स्वास्थ्य शिक्षण संस्था, निजी, […]
काठमाडौँ, १२ कात्तिक । केही दिन यता सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यमले आयातित औषधीको मूल्यका विषयमा भ्रम सिर्जना गरेको भन्दै नेपाल औषधी आयातकर्ता संघले आपत्ती जनाएको छ । उसले आज विज्ञप्ती जारी गर्दै आयातित औषधीको सन्दर्भमा समाचारमा आए जस्तो औषधी व्यवस्था विभागले जथाभावी रुपमा मूल्य बृद्धि नगरेको दावी गरेको छ । संघका अध्यक्ष पवन […]
काठमाडौँ, १२ असोज । बुधबार अपरान्ह सिंहदरबारमा बैठक सकेर स्वास्थ्य तथा मन्त्रालय छिरेकी स्वास्थ्य मन्त्री डा. सुधा शर्माको गाडीबाट ओर्लदै गर्दा नेपाल नर्सिङ संघ र निजी अस्पताल सञ्चालकको संस्था (अफिन)को नेतृत्व तहका व्यक्तिसंग जम्का भेट भयो । मन्त्री डा. शर्माले नर्सिङ आन्दोलनको निकासका लागि मन्त्रालयले थालेको छलफलमा सहभागी भई निस्कन लागेका नर्सिङ संघका अध्यक्ष प्राध्यापक […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि विभागका कर्मचारी अहिले सम्म र्फममा आउन सकेका छैनन् । कात्तिक २ गते मिश्रा सहित विभागका तत्कालीन व्यवस्थापन महाशाखा प्रमुख श्रवणकुमार थापा, डा. सुरेन्द्रप्रसाद चौरासिया, परिवार कल्याण महाशाखा प्रमुख डा. […]
काठमाडौँ, १२ कात्तिक । मंसिर महिनादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार भित्र सर्ने भएको छ । सर्वोच्च अदालत पछाडीपट्टी रहेको नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा फ्रिफ्याव भवन निर्माण भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा […]
बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए । स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जिल्लाका अन्य […]
कोहलपुरमा भोलिदेखि सात दिने निःशुल्क ऊर्जाध्यान शिविर आयोजना गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर जीवनयोग प्रयोगशालाको सहकार्यमा शिविर आयोजना गरिएको हो । १९ गतेसम्म कोहलपुर नगरपालिका, बाँकेको सभाहलमा उक्त शिविर सञ्चालन हुने छ । शिविरमा विभिन्न गुरुदेवहरुले प्रशिक्षण दिनेछन् । उनीहरूले ध्यान, आत्म–परिष्कार र ऊर्जाको वैज्ञानिक अभ्यासका माध्यमबाट शारीरिक, मानसिक र आत्मिक शुद्धताको […]