सेतो कोट लगाउने रहरले बिरामीको सेवामा होमिएकी छन् रमिला। उनले रहरले रोजेकी हुन् नर्सिङ पेसा। उनलाई बिरामीको सेवा गर्न कत्ति दु:ख लाग्दैन। रहरले भने पनि भाग्यले भने पनि स्वास्थ्य सेवाको युद्धक्षेत्रमा होमिएकी रमिलालाई अचेल कहिलेकाहीँ कुण्ठा जाग्ने गरेको छ। नजागोस् पनि किन! स्वास्थ्य सेवा हालको अवस्थामा युद्धक्षेत्र भएको छ। जहाँ सेवा गरेर मेवा पाउने आशा […]
काठमाडौँ, असोज २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएको बताउनुभएको छ । विश्व हात धुने दिवस (अक्टोबर १५) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नियमित हात धुँदा व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई पनि रोगमुक्त बनाउन योगदान पुग्ने दावी गर्नुभयो । शुभकामनामा उहाँले भन्नुभएको छ, “दिवसले हामीलाई स्वच्छता र स्वास्थ्यप्रति सजग रहन […]
असोज २९ गते । यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत भएको थियो । प्रदेशको स्वास्थ्य […]
सुनसरी। जिल्ला अस्पताल सुनसरीका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईलाई हातपात गर्ने खेमराज थापा दोषी ठहर भएका छन्। डा. राईलाई हातपात गर्ने थापालाई सुनसरी जिल्ला अदालतले दोषी ठहर गरेको हो। २०८१ कार्तिकमा आफ्नो आमाको उपचारक्रममा लापरबाही गरेको आरोप लगाउँदै इनरुवा नगरपालिका वडा नम्बर ६ का थापाले डा. राईलाई हातपात गरेका थिए। सुनसरीका जिल्ला न्यायाधीश दुर्गा बस्यालको इजलासमा […]
काठमाडौँ — भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र प्रदर्शनमा हिंसाका घटना मात्रै भएनन् सरकारीदेखि निजी संरचनामा आगजनी र विध्वंस पनि भए । उत्तेजित र आक्रोशित मानिसको भीड आगजनीमा उत्रिएको, प्रहरीको गोली लागेर रगताम्य भएकाहरु सडकमा ढलेको, घाइतेहरुले उपचारको पर्खाइमा हार गुहार गरेकोदेखि आफैंलाई सम्हाल्न नसकिरहेका मृतकका परिवारजन र आफन्ती रोइकराइ गरेका जस्ता […]
स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका–३, दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिनुभयो । […]
काठमाडौँ, असोज २८ गते । डेङ्गु सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेङ्गु सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । सोही समयमा देशका ७५ जिल्लाबाट छ हजार १०६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा […]
काठमाडौँ, असोज २८ गते । स्वास्थ्य बिमा बोर्डले कडा रोगको फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने व्यवस्था गरेको छ । बोर्डले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर जस्ता कडा रोगका लागि पुनः रिफर लिनु नपर्ने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले बीमित सेवाग्राहीलाई प्रेषण प्रक्रिया सहज बनाउन […]
२८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले अनलाइनखबरलाई बताएको छ । हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो । […]