14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

रेफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय, के के छन् ?

२८ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुन: प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ । बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक […]

Read More

काठमाडौं महानगरमा साउन र भदौमा ४१ हजार बढीले लिए निःशुल्क स्वास्थ्य सेवा

२८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४१ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ । महानगरका मेयर बालेन साहका अनुसार चालु वर्षका साउन र भदौमा ४१ हजार ९७१ जना नगरवासीले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।पहिलो आर्थिक वर्ष २०७९/८० मा सबै वडामा स्वास्थ्य सेवा पुगोस् […]

Read More

जेनजी आन्दोलनका घाइतेको उपचार खर्च अनुमानित एक अर्ब

२८ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी नेतृत्वको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्न १० सदस्यीय प्राविधिक समिति गठन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले समितिको संयोजकत्व गर्नेछन् । गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका लागि प्राविधिक […]

Read More

बीपी प्रतिष्ठानमा एक वर्षमा क्यान्सरका ४ सय २५ शल्यक्रिया

हाल प्रतिष्ठानले क्यान्सरको उपचारमा शल्यक्रिया तथा सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा प्रदान गर्दै आइरहेको छ ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षमा विभिन्न प्रकारका क्यान्सर रोगका ४ सय २५ वटा शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न प्रकारका क्यान्सर रोगको ४ सय २५ वटा शल्यक्रिया र सोही अवधिमा ३ हजार […]

Read More

स्वास्थ्य शिविरबाट जैमिनीवासी लाभान्वित

दक्षिण बागलुङको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । जैमिनी नगरपालिका र रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक सय ३६ जना आँखाका बिरामी र दुई सय ३९ जना महिला स्वास्थ्यसम्बन्धी बिरामीले सेवा लिएका हुन् । कुश्मीशेरा बजारमा सञ्चालित निःशुल्क शल्यक्रिया […]

Read More

दीर्घरोगी उपल्लो मुस्ताङ आउँदा चिकित्सकको परामर्श लिन अनुरोध

दसैँतिहारको बिदामा उपल्लो मुस्ताङमा घुम्न जाने पर्यटकलाई चिसो र उचाइका कारण लेक लाग्ने समस्या देखिएपछि लोमान्थाङ गाउँपालिकाले पर्यटकलाई सचेतनामूलक अभियानसँगै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । दैनिकजसो ठुलो सङ्ख्यामा कलिला बालबालिकादेखि वृद्धवृद्धासम्म समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा पुग्दा शरीरमा अक्सिजनको कमी भएकालाई स्वास्थ्य चौकीमा उपचारपछि जटिल समस्या […]

Read More

दशरथचन्दमा स्वास्थ्यचौकी भवन छ वर्षदेखि अलपत्र

दशरथचन्द नगरपालिका–५ साजिबाटामा निर्माणाधीन स्वास्थ्यचौकी भवन छ वर्षदेखि अधुरो अवस्थामा छोडिँदा स्थानीयवासी मारमा परेका छन् । निर्माणकार्य रोकिएपछि भवन परिसर झाडी र बोटबिरुवाले ढाक्न थालेको स्थानीयले बताएका छन् । नगरपालिकाले २०७७ सालमा बिग बी एण्ड कम्पनीसँग स्वास्थ्यचौकी भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८० सालभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म […]

Read More

उपचार गर्नै मान्दैनन् राउटे समुदायका बिरामी

फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा बिरामीको सख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गएपछि समस्या देखिएको छ । प्रारम्भमा राउते समुदायका दुई जना […]

Read More

अनमीको पाँच घण्टाको प्रयासले नवजातलाई नयाँ जीवन

 बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिँदै एक शिशुको ज्यान बचाएकी छन्। गौमुल गाउँपालिका–१ माडीकी २९ वर्षीया निशा बोहराले असोज २० गते जन्म दिएकी शिशुलाई थापाले असाधारण धैर्य र समर्पणका साथ जीवन प्रदान गरेकी हुन्। निशालाई उनका आफन्तहरूले सुत्केरी गराउन माडी सामुदायिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। स्वास्थ्य संस्थामा आइपुग्दा शिशुको टाउको पाठेघरभित्र […]

Read More