14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

दक्षिणकाली र फर्सीडोलमा दुई जना मृत भेटिए

नौमूले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ । १२ कात्तिक, काठमाडौँ । काठमाडौँ र ललितपुरमा आज दुईजना मृत भेटिएका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा आज एक […]

Read More

सञ्चालनमा आउन सकेन रातो सेतो रगत छुट्याउने मेसिन

कात्तिक ११ गते । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्याउने मेसिन (कम्पोनेन्ट सेन्ट्रीफ्यूज) वर्षौँदेखि सञ्चालनमा आउन सकेको छैन । गण्डकी प्रदेश सरकार, स्थानीय पालिकाहरुलगायतको सहयोगमा खरिद गरिएको उक्त मेसिन तीन वर्षदेखि प्रयोगमा नआई  थन्किएको हो । सुरुमा २३ लाख मूल्यको मुख्य मेसिन प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थियो । […]

Read More

बङ्गलादेशमा तीव्र डेङ्गु सङ्कमण ९८३ नयाँ सङ्क्रमित, छ जनाको मृत्यु

कात्तिक ११ गते । बङ्गलादेशमा सोमबारमात्र ९८३ नयाँ डेंगु सङ्क्रमण दर्ता हुनुका साथै छ जनाको मृत्यु भएको जनाइएको छ । यस वर्ष मात्र हाल सम्म सङ्क्रमितको सङ्ख्या ६६ हजार ४२३ पुगेको तथा मृतकको सङ्ख्या २६९ पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जनाएको छ ।  डिजिएचएसको तथ्याङ्क अनुसार सेप्टेम्बरमा १५ हजार ८६६ तथा अक्टोबरमा […]

Read More

बैतडीको भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा

बैतडी । सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको  छ ।   गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको थियो ।  स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेकी छिन् । यसअघि […]

Read More

वार्ता असफल हुँदा भैरहवा मेडिकल कलेजमा नर्सहरूको आन्दोलन जारी

बुटवल। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरूले कार्तिक २ गतेदेखि सुरु गरेको आन्दोलन मंगललबार पनि जारी राखेका छन्। मेडिकल कलेज परिसरमा नर्सिङ कर्मचारीहरूले प्लेकार्डसहित दैनिक धर्ना र नाराबाजी गरिरहेका छन्। उनीहरूको समस्या समाधानका लागि सोमबार अस्पताल प्रशासन र आन्दोलनरत पक्षबिच वार्ता भए पनि सफल भएन। नर्सहरूका मुख्य […]

Read More

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

बागलुङ । काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ ।  स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रूपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ ।   तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन अधुरै रहेको छ । अहिलेसम्म तङ्ग्राम स्वास्थ्यचौकीको आफ्नै […]

Read More

बाहिरका निजी चिकित्सकको सिफारिसमा राप्ती प्रतिष्ठानमा सिधै एमआरआई र सिटि–स्क्यान सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब बाहिरका निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको सिफारिसमा पनि सिधै बिलिङ गरेर एमआरआई र सिटि–स्क्यान सेवा उपलब्ध गराउने भएको छ। प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले बाहिर क्लिनिक वा निजि अस्पतालबाट बिरामी पर्चासहित एमआरआई, सिटि स्क्यानसहित अन्य सेवा लिन आएमा सिधै लाईन नलागेर बिरामीले सेवा लिने ब्यबस्था मिलाइएको जानकारी दिए  […]

Read More

भेरी अस्पतालमा थप चार डायलाइसिस मेसिन सञ्चालन, मिर्गौला बिरामीका लागि ठूलो राहत

भेरी अस्पताल नेपालगन्जले मिर्गौला पीडितका लागि थप चारवटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि उपचार लिन आउने बिरामीलाई ठूलो सहजता मिल्ने भएको छ । अस्पतालले थप चारवटा मेसिन सञ्चालनमा ल्याएसँगै दैनिक उपचार क्षमतामा उल्लेख्य वृद्धि भएको छ । यसअघि अस्पतालमा रहेका ६ वटा मेसिनमार्फत तीनवटा सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुँदै आएको थियो । अब कुल […]

Read More

देशव्यापी फैलिदै नर्सको आन्दोलन

काठमाडौँ, ११  कात्तिक । श्रमशोषण भएको भन्दै पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजबाट सुरु भएको नर्सको आन्दोलन देशव्यापी रूपमा फैलिइसकेको छ ।  आन्दोलन फैलिएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई नर्सका माग सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएलगत्तै सचिव डा. देवकोटाले कार्यदल गठन गरेर नर्सका माग सम्बोधन गर्ने बताउनुभएको छ […]

Read More