14.4c Kathmandu, Nepal

Sunday, May 31, 2026

बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति

बिराटनगर– बिराटनगरस्थित बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति भएको छ। सहमतिसँगै अस्पतालका सबै नियमित स्वास्थ्य सेवा पहिलेजस्तै सञ्चालनमा रहेको स्पष्ट गरिएको छ। अस्पतालमा कार्यरत मेडिकल अफिसर  टिमबाट  सार्वजनिक पत्रमा भनिएको छ,  ‘हामीले ड्युटी समय र तलब तालिकासम्बन्धी वैध मागहरू व्यवस्थापन पक्षमा राखेका थियौं। व्यवस्थापनले ती मागहरूलाई सकारात्मक रूपमा लिएर तत्काल छलफलको पहल गरेको छ […]

Read More

नोबेल मेडिकल कलेजमा पनि नर्सहरूले थाले आन्दोलन

विराटनगर- न्यूनतम तलब वृद्धिको माग गर्दै विराट शिक्षण अस्पतालपछि अब नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका छन्। शनिबार बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजका नर्सिङ स्टाफले काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए। त्यसको भोलिपल्ट, आइतबारदेखि विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका हुन्। आन्दोलनका कारण विराट मेडिकल कलेजको स्वास्थ्य सेवा प्रभावित बनेको थियो।  यसैबीच, […]

Read More

जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर

फोक्सोसमेत जलेकोले मेसिनले सास दिइरहेका छौं : डा नकर्मी काठमाडौं – आफैँमाथि आगो लगाएकी गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।  शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताए।  ‘एकदमै […]

Read More

कीर्तीपुर जलन अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा  कीर्तिपुर जलन अस्पतालबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौता बमोजिम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आर्थिक वर्षदेखि जलन उपचार सेवा सञ्चालन गर्ने तयारी गरेको छ। कीर्तिपुर अस्पताल फेक्ट नेपालद्वारा सञ्चालित अस्पताल हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्साल र  फेक्ट नेपालका कार्यकारी अध्यक्ष डा भरत कुमार प्रधानले […]

Read More

४ महिनादेखि तलब नपाएको भन्दै दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजका डाक्टरले थाले आन्दोलन

व्यवसायी दुर्गा प्रसाईंको स्वामित्वमा रहेको बी एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल, बिर्तामोडका मेडिकल अफिसरहरूले चार महिनादेखि तलब नपाएको र प्रशासनले मागहरू बेवास्ता गर्दै आएको भन्दै  आन्दोलन सुरु  गरेका छन्। मेडिकल अफिसरहरूको अस्पताल प्रशासनसँग विभिन्न माग राखेर आन्दोलन सुरु गरेका हुन् । उनीहरुले भनेका छन्, ‘तलब बक्यौता, श्रमशोषण, तथा मेडिकल अफिसरको अभावबारे पटक–पटक प्रशासनलाई जानकारी गराउँदा […]

Read More

म्यामोग्राफी मेसिन खरिदमा अनियमितता: अख्तियारको भ्रष्टाचार मुद्दा लागेका अरु १३ जना को हुन् ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमार्फत म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता र मिलेमतोमार्फत् भ्रष्टाचार गरेको आरोपमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागले  ‘प्रोक्युरमेनट अफ मेमोग्राफी मेसिन’ शीर्षकमा भएको खरिद प्रक्रियामा ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लिसँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका […]

Read More

विराट मेडिकल कलेज र आन्दोलनरत स्वास्थ्यकर्मीबीच चार बुँदे सहमति

 विराट मेडिकल कलेज शिक्षण अस्पताल र आन्दोलनरत स्वास्थ्यकर्मीहरूबीच  सहमति भएको छ।  सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र प्रशासकीय अधिकृत  राम प्रसाद लुइँटेलको रोहबरमा चार बुँदे सहमति गर्दै आन्दोलन स्थगित गर्ने निर्णय भएको छ।  छलफलपछि निम्न सहमति बुँदाहरूमा अस्पताल प्रशासन र कर्मचारीबीच समझदारी बनेको छः स्वास्थ्य मन्त्रालयको पत्रानुसार पारिश्रमिक तथा सुविधा कार्यान्वयनको पहल गर्ने भनिएको […]

Read More

नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति, पहिलो बैठक आजै

सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो। देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरुले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन […]

Read More

स्वास्थ्य उपकरण खरिद : लागतको दोब्बर बढाएर भ्रष्टाचार, भन्सारबाट खुलेको थियो सूचना

२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा विभागका पूर्वनिर्देशक डा. संगिता मिश्र कौशलसहित १५ जनामाथि भ्रष्टाचार मुद्दा चलायो । अख्तियारले १३ जना कर्मचारी अनि सामान आपूर्ति गर्ने कम्पनी म्याक्सिम इन्कर्पोरेशन र त्यसका सञ्चालक सुन्दर भुसाललाई मुद्दा चलाएको हो । अख्तियारले पाँचवटा थ्री–डी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार भएको आरोप […]

Read More