काठमाडौँ, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ । कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्नेगरी विद्यालय छनोट गरेर परीक्षण गरिएको जनाइएको छ । विभागका […]
‘चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्घले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्यविद्ले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सङ्घले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्ने क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी […]
२३ असोज, काठमाडौं । छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य […]
२३ असोज, काठमाडौं । नेपालमा हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरू गर्न लागेको छ । पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिन लागिएको हो । परिवार कल्याण महाशाखाका अनुसार पर्सामा […]
चाडपर्वको रौनकसँगै खानपानको मज्जा लिने चलन छ । दशैं, तिहार जस्ता चाडहरूमा मासुजन्य परिकार, मिठाइ, चिल्लो र मसलेदार खानेकुरा तथा पेय पदार्थहरूको उपभोग बढ्छ । साथै यो बेला खानाको मात्रा बढ्छ, खाने समय र अवधि लम्बिन्छ । मसलेदार, मासुजन्य र उच्च क्यालोरीयुक्त भारी खानेकुरा बढी खाइन्छ । यसले तौल बढाउने समस्या निम्त्याउन सक्छ । पोषणविद्, […]
२१ असोज, काठमाडौं । सरकारले विपद्पछि महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै यसका लागि तीनै तहका सरकारले चनाखो भएर काम अघि बढाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । महामारी फैलिन सक्ने सम्भावना रहेकोले त्यसो हुन नदिनका लागि स्वास्थ्य मन्त्रालयका […]
हालै मात्र भारी वर्षाको विपद सकिएको छ। केही ठाउँमा बाहेक मौसममा क्रमिक सुधार हुँदै गएको छ। तर भारी वर्षापछि निम्तिन सक्ने स्वास्थ विपदको जोखिम भने यथावत् नै छ। विशेषत: पानी, कीट र हावाजन्य रोगहरूको सम्भावित जोखिम कायम छ । टाइफाइड, कमलपित्त, इकोलाई, लेप्टोस्पाइरोसिस जस्ता पानीजन्य संक्रामक रोगको जोखिम बढेको छ। त्यस्तै डेंगु र स्क्रब टाइफस […]
आश्विन २१, २०८२काठमाडौँ — अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशी रिहा हुने सम्भावना बढेको छ । इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका हुन् । युद्धविराम पूर्णरूपमा कार्यान्वयन भएमा पहिलो चरणमा हमासले नियन्त्रणमा […]
स्टकहोम । नेपाली मूलका गैरआवासीय नेपाली सीपी खेतानले स्वीडेनको एक औषधि निर्माण कम्पनीमा झण्डै ३१ करोड रुपैयाँ लगानी गरेका छन् । सिंगापुरलाई आधार बनाएर विश्व बजारमा लगानी विस्तार गरिरहेका खेतानले स्वीडेनको एसिलियन एबी नामक कम्पनीमा २ करोड १० लाख स्वीडिस क्रोनर (२२ लाख अमेरिकी डलर) लगानी गरेको सो कम्पनीले बताएको छ । खेतानको सिंगापुरमा रहेको लगानी कम्पनी– […]