14.4c Kathmandu, Nepal

Saturday, May 30, 2026

मोतियाबिन्दुका तीन हजार बिरामीको शल्यक्रिया

कात्तिक १० गते । रोटरी क्लब अफ कावासोतीले तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जनाएको छ । क्लबले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले ६ वर्षको अवधिमा तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिनुभयो । यस्तै, २५ हजारभन्दा बढिले निःशुल्क रुपमा आँखा परीक्षण गरेको उहाँले बताउनुभयो […]

Read More

निर्वाचन भाँड्ने प्रयास नगर्न स्वास्थ्यमन्त्री गौतमको आग्रह

काठमाडौँ, कात्तिक १० गते । नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनुभयो । सरकार निर्वाचनमा केन्द्रित भएकाले […]

Read More

लुक्लास्थित पासाङ ल्हामु निकोल निक्की अस्पतालको २०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट स्थापना भएको पासाङ ल्हामु निकोल निक्की अस्पताल २०औँ वर्षमा प्रवेश गरेको छ । समुन्द्री सतहबाट झन्डै २ हजार ९ सय मिटर उचाइ लुक्लामा रहेको यस अस्पतालको वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि स्विस राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विस नागरिक […]

Read More

निजी अस्पतालको छाता संगठन अफिन बाँकेको अध्यक्षमा महत्तो चयन

निजी अस्पतालको छाता संगठन अफिन (Association of Private Health Institutions of Nepal – APHIN ) बाँकेको अध्यक्षमा चन्द्र बहादुर महत्तो चयन भएका छन् । महत्तो कोहलपुर नगरपालिका वडा नं.९ स्थित कौशिल्या मेमोरियल अस्पतालका संचालक हुन् ।  उनी तीन वर्षीय कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । ९ सदस्यीय समितिमा उपाध्यक्ष डा.सुरेश कुमार नाग, कोषाध्यक्षमा डा. प्रचण्ड […]

Read More

ग्रान्डी हस्पिटललाई अन्तर्राष्ट्रिय मान्यता

ग्रान्डी अन्तर्राष्ट्रिय हस्पिटल विश्व स्ट्रोक सङ्गठनबाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रका रूपमा मान्यता प्राप्त गर्ने नेपालकै पहिलो अस्पताल बनेको छ । ग्रान्डी अस्पतालमा स्थापना गरिएको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रलाई विश्व स्ट्रोक सङ्गठनले अस्पतालको गुणस्तरीय सेवा मूल्याङ्कन गरेर अन्तर्राष्ट्रियस्तरको मापदण्डका आधारमा उक्त मान्यता प्रदान गरेको हो ।

Read More

बयालपाटा अस्पतालमा निःशुल्क सेवा बन्द, गरीब बिरामी उपचारविनै फर्किन थाले

अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी ६५ वर्षीया बसन्ती शाही हड्डीसम्बन्धी उपचारका लागि बयालपाटा अस्पताल पुगिन्। तर, अस्पतालले कात्तिक १ गतेदेखि शुल्क लिएर सेवा सुरु गरेको र स्वास्थ्य बिमाबाट उपचार नहुने जानकारी पाएपछि उनी उपचार नगरी घर फर्किन बाध्य भइन्। “स्वास्थ्य बिमाबाट उपचार हुन्छ भनेर आएका थियौं,” बसन्तीले भनिन्, “तर अस्पतालमा पुगेपछि शुल्क तिर्नु पर्छ भनेपछि फर्कनुपर्‍यो।” […]

Read More

‘जेनजी’ सहिद र घाइतेको बलिदान खेर जान दिनु हुँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको उनले बताइन् […]

Read More

देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि

देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार छ हजार ६६८ जनामा डेङ्गु पुष्टि भएको छ । सोही समयमा पाँच डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु […]

Read More

स्वास्थ्यमन्त्रीको निर्णयः शहिद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा 

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले जेनजी आन्दोलनबाट घाइतेभएका सबै संघीय अस्पताल, पदेश अस्पताल र स्वास्थ्य विज्ञान पतिष्ठानमा  मनोपरामर्श केन्द्र स्थापन गर्ने निर्णय गर्नुभएको छ ।   स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्ने क्रममा मन्त्री डा. शर्माले जेनजी युवाहरुको अगुवाईमा भएको आन्दोलनको दौरानमा हुन सक्ने मानसिक समस्यालाई मध्यनजर गरी  मृतकका परिवार,  घाइते र घाइतेका परिवार […]

Read More